पोखरा, ३१ असार । कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट पोखरा, ३१ साउन कर्मशील बचता तथा ऋण सहकारी पोखरा ८ सभागृहचोकका सेयर सदस्य र कर्मचारीले स्वास्थ्योपचारमा छुट पाउनु हुने भएको छ ।
उहाँहरुले पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकका सबै सेवामा १० प्रतिशत छुट पाउनु हुने छ। अन्नपूर्ण सिटी पोखरा र काठमाडौंका विशेष विशेक्षता हासिल गरेका डाक्टरबाट सञ्चालित सुपर स्पेसालिटी क्लिनिक हो ।
यस्तै, उहाँहरुले युआरएल र अन्नपूर्ण प्याथ ल्याबका सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट पाउनु हुने छ । युआरएल गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब हो भने अन्नपूर्ण प्याथ ल्याब महेन्द्रपुलमा छ ।
छुटसम्बन्धी सम्झौतामा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त र कर्मशीलका सञ्चालक समिति अध्यक्ष संगीता गौतम तिमिल्सिनाले मंगलबार हस्ताक्षर गर्नुभएको छ ।
युआरएलका अध्यक्ष पन्तले कर्मशीलका सेयर सदस्य र कर्मचारीले युआरएल केन्द्रीय कार्यालयसहितका सबै सेवा केन्द्र र अन्नपूर्ण सिटी क्लिनिकमा छुट दिइने बताउनुभयो ।
युआरएलले सामाजिक उत्तरदायित्व बहन गर्ने छुट प्रदान गर्ने सम्झौता गरेको कर्मशील १ सय १८ औं संस्था हो । प्रदेशबासीलाई गुणस्तरीय ल्याब सेवा प्रदान गर्न प्रतिवद्ध युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविर आयोजना गर्ने गरेको छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives