पोखरा, २६ साउन । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ पोखरा शाखाले पोखरामा बिहीबार भगवान् श्री श्री राधाकृष्ण बोट फेष्टिबल गरेको छ ।
फेवा बोट एसोेशियशन गौरीघाटको समन्वयमा फेवातालमा फेष्टिबल गरिएको हो । राधाकृष्णलाई सजाएर करिब एक सय पचास श्रद्वालु भक्तजन बोटमा सवार भई एक घण्टा भजनकिर्तन गरिएको थियो ।
‘संस्कृति जोगाऔं, प्रकृति बचाऔं’ भन्ने उद्देश्यले फेष्टिबल गरिएको शाखाका सुवाष भण्डारीले जानकारी दिनुभयो ।
संघले कृष्णजन्माष्टमीको अवसरमा भदौ ३ गते पोखरा लेकसाइडस्थित पोखरा शाखामा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी तिव्र पारिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली
पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली
पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव