पोखरा, १६ साउन । नेपाल निजामती कर्मचारी युनियन कास्कीले सोमबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठको नेतृत्वमा पुगेको कर्मचारीको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले कर्मचारीका जायज विषयमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभयो ।
संघीय निजामती सेवा ऐन जारी नभए पनि गण्डकी प्रदेश सरकारले प्रदेश र पालिकाहरुलाई सम्बोधन हुने गरी प्रदेश निजामती सेवा ऐन जारी गर्न पहल गर्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
यसअघि युनियनले गण्डकी प्रदेश सरकारका मन्त्री, योजना आयोगका प्रमुख र महान्यायधिवक्ताको पनि ध्यानाकर्षण गराउँदै पत्र बुझाएको थियो ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives