भोजपुर नगरपालिका– १२, टक्सारमा आज बिहान गएको भूकम्पले क्षति पु¥याएको घर । टक्सार पुरानो ऐतिहासिक बजार भएपनि पछिल्लो समय यहाँका बासिन्दा बसाइँ सरेर बाहिर गएकाले अधिकांश घरहरु जीर्ण अवस्थामा रहेका छन् । तस्बिर ः युवराज विष्ट÷रासस
भोजपुर, १५ साउन (रासस) ःभूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ ।
खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो ।
यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र