गोदावरी, २९ असार (रासस) :कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् ।
चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित