पोखरा, १ वैशाख । लिखत पारित शतवार्षिकिको अवसरमा पोखरामा तीन दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ ।
मालपोत कार्यालय कास्कीले तीन दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते शतवार्षिकी मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिवसीय कार्यक्रमको अन्तिम दिन वैशाख २ गते कार्यालयबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरिने छ।
मूल सामारोह कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढाले संघीयताको सुन्दर पक्ष सेवा र पहुँचसँग जोडिएकाले जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जग्गा अभिलेखिकरण, मूल्यांकनको आधार र गुठी व्यवस्थापन बारे नयाँ ढंगबाट छलफल गर्नुपर्ने औल्याउनुभयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले पछिल्लो समय भूमि प्रशासन जटिल बन्दै गइरहेको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बढ्दो जनसंख्या सँगै जग्गाजमीनको महत्व झनै बढेको बताउनुभयो ।
कार्यक्रममा माछापूच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका सदस्य गिरि प्रसाद गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव गङ्गालाल पोख्रेल, नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशनका सचिव हरि प्रसाद शर्माले बोल्नुभएको थियो ।
मालपोत कार्यालय कास्कीका प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मालपोत अधिकृत खुमादेवी रेग्मीले स्वागत र कर्मचारी फणिन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित