काठमाडौँ, १३ फागुन (रासस) ःशुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
हिजो फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेस गरिने कार्यसूची रहेको थियो ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives