किमाथाङ्का, २४ मङ्सिर (रासस) । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताउनुभएको छ ।
गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताउनुभयो ।
सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताउनुभयो ।
राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताउनुभयो । राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ ।
निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम