स्व केसीको अर्धकदको शालिक अनावरण

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २६, २०७८
sura kc

पोखरा, २६ कातिक । माछापुच्छे् बैकं पोखराका संथापक अध्यक्ष स्व. सुर्य बहादुर के.सी को स्मृर्तिमा माछापुच्छे् बैकं पोखरा नयाँबजारको कार्यालय परिषरमा स्व के.सी को अर्धकद शाालिक स्थापना गरिएको छ ।

शालिकको आज एक समारोह बीच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गर्नुभयो । काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले शालिक बनाउनु भएको हो । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द् बनाउनुपर्छ भनेर स्व के.सीले बैकं स्थापना गर्नुभएको हो ।

कार्यक्रममा स्व के.सीका बारेमा बोल्नु हुँदै पुर्व प्रहरी वरिष्ट उपरीक्षक कृष्ण बहादुर थापाले स्व के.सीको दुर दृिष्टकोर्णले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेत्तृत्व गर्नुभएको बताउनुभयो ।

यसैगरी बैकंका संचालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व के.सी भौतिक रुपमा हामी माझ नभएपनि सुर्यको प्रकाश जस्तै उहाँका विचारहरु संसारमा फैलिएको बताउनुभयो ।

कार्यक्रममा स्व के.सीका जेष्ठ सुपुत्र प्रकाश के.सीले धन्यबाद गर्नुहुदै आफ्नो पिताजिको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गर्नुभयो ।

शाालिक अनावरण समारोहमा माछापुच्छे् बैक का अध्यक्ष डाः विरेन्द् महत्तो बैकंका कार्यकारी अधिकृत सन्तोष कोईराला, बैकंका संचालक किरण के.सी, रोशन के.सी, निर्देशक जय मुकुन्द खनाल लगाएतले शालिकमा पुस्प गुच्छा अर्पण गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग