भक्तपुर, १६ कात्तिक (रासस) । मध्यरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएरात उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो ।
पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रवीन ग्वाछा र ४९ वर्षीय रविन श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयोे ।
पक्राउ परेका सबैलाई जगातीस्थित महानगरीय प्रहरी बृत्त राखेर कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित