बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औंषधी खुवाइँदै

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ५, २०७८
vitamin

पोखरा, ५ कात्तिक । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औंषधी खुवाइने भएको छ ।

सरकारले देशव्यापी रुपमा कात्तिक ७ र ८ गते कार्यक्रम संचालन गर्न लागेको हो ।

यो कार्यक्रम अन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका बालबालिकालाई आधा र १२ महिना पूरा भएदेखि ५ वर्ष मूनिका बालबालिकालाई एक क्याप्सुल भिटामिन ‘ए’ खुवाइने छ ।

त्यस्तै, १ वर्षदेखि २ वर्षसम्मका बालबालिकालाई आधा र २ वर्ष पूरा भएदेखि ५ वर्ष मूनिका बालबालिकालाई एक चक्की जुकाको औंषधी खुवाइने छ ।

कास्कीमा करिब ७० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औंषधी खुवाइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिलो दिन कात्तिक ७ गते वडा÷वडाका पायक पर्ने स्थानमा र दोस्रो दिन ८ गते समुदायस्तरमा पुगेर खुवाइने छ । यो कार्यक्रमका लागि कास्कीमा करिब ६ सय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका खटाइने छ ।

‘बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औंषधी खुवाउने कार्यक्रम जनस्वास्थ्यको सफल कार्यक्रम हो, प्रमुख आचार्यले भन्नुभयो, लक्षित उमेर समूहका बालबालिकाको पहुँचमा कार्यक्रम पुगेका भिटामिन ‘ए’ र जुकाका कारण सृजना हुने समस्या न्यून छ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives