कृष्णकुमारले दिनुभयो वीपी स्मृति भवन निर्माणका लागि ४० लाखको जग्गा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ५, २०७८
Krishana kumar

पोखरा, ४ कात्तिक । माछापुच्छ«े गाउँपालिका वडा नं. ३ घाचोकका सभापति कृष्णकुमार श्रेष्ठले पार्टीलाई जग्गा दान गर्नुभएको छ ।

श्रेष्ठले मछापुच्छ«े गाउँपालिका वडा नंं. ३ घाचोकको इकाइ समितिलाई वीपी स्मृति भवन निर्माण गर्नका लागि ६ आना २ पैसा २ दाम जग्गा दान गर्नुभएको हो ।

इकाइ समितिको बैंठक तथा कार्यक्रम गर्न आफ्नो भवन नभएका कारण पार्टीका गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले करिव ४० लाख बराबरको जग्गा दान गर्नुभएको हो ।

उक्त जग्गामा वीपी स्मृति भवन निमार्णका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको उपस्थितिमा सिलन्यास गरिसक्नु भएको छ ।

‘म वास्तवमा कम्युनिष्ट विचारबाट प्रभावित थिए,तर वीपीको समाजवाद अध्ययन गरेकै कारण म २०३६ सालबाटै काँग्रेसमा संक्रिय भएर लागे’ उहाँले भन्नुभयो,‘ वीपीको समाजवादमा सबैलाई ल्याउन र पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको हुँ ।’

सभापति श्रेष्ठले श्रीराम लम्साल, भिममान श्रेष्ठ, राजाराम पोख्रेल, मौसम कार्की, आशिष लम्सालको टोली सहित बुधवार मालपोत कार्यालय गई पूर्व सभापति तथा तत्कालिन गाविस अध्यक्ष तोयानाथ शर्मालाई पार्टीको प्रतिनिधि बनाई इकाइ समितिलाई जग्गा पास गरिदिनुभएको छ ।

वीपी भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि केहि सहयोग पाउँने आश्वासन पाएको र बाँकी रकम संकलन गरि भवन निर्माण गरिने सभापति श्रेष्ठले जानकारी दिनुभयो । इकाइलाई जग्गा प्राप्त भएपछि घाचोकमा कार्यकर्ताबीच उत्साह छाएको क्षेत्रीय प्रतिनिधि मौसम कार्कीले जानकारी दिनुभयो ।

यसैगरी इकाई समितिले कात्तिक ६ गते शनिवार पार्टी प्रवेश गरेकालाई स्वागत तथा प्रशिक्षण कार्यक्रम राखेको सचिव राजाराम पोख्रेलले जानकारी दिनुभयो । उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा रहनुभएको छ ।

Related News

सम्बन्धित समाचार

  • विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा २० बैशाख । पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायती राजकुमारी एनले…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives