पहिराले अवरुद्ध सडक नखुल्दा समस्या

रासस
असाेज २७, २०७८
pahiro

दमौली, २७ असोज (रासस) । तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ ।

वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो । शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराले बाटो भत्किएको छ ।

गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताउनुभयो । पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३ का जनता प्रत्यक्ष प्रभावित भएका छन् ।

“सडकको ठाउँ–ठाउँमा पहिरा गएको छ, पहिरा हटाउन गाउँपालिकाले चासो देखाएन”, उहाँले भन्नुभयो, “त्यसको मार अहिले दसैँमा जनताले बेहोरेका छन् ।”

गाउँपालिकाले उक्त मार्गलाई गत भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम नभएको उहाँको गुनासो छ ।“जनप्रतिनिधि संवेदनशील नभइदिँदा त्यसको प्रत्यक्ष पीडा नेपालीको महान् पर्व दसैँमा भएको छ ।

दक्षिणभेगका जनता दसैँ मान्न घर आउँदा घण्टौँ हिँड्नुपरेको छ”, उहाँले भन्नुभयो । चितवन, नवलपुरलगायतका ठाउँबाट पुख्र्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर गन्तव्यतर्फ गइरहेका छन् ।

गण्डकी प्रदेश सरकारमार्फत उक्त सडकखण्डका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । “गाउँपालिकाले दसैँलाई मध्यनजर गरी यो बाटो खुलाउने पहल गर्नुपथ्र्यो, जनप्रतिनिधि भनेको जनताको सेवाका लागि होइन र ?” उहाँले प्रश्न गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

  • एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives