पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले अध्यक्ष विश्वबन्धु थापा, कोषाध्यक्ष शुक्रराज अधिकारी र लेखा सुपरिवेक्षण समितिका सदस्य गुरु प्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।
त्यस अवसरमा उत्कृष्ट ऋणिका रुपमा भरत बराल र उत्कृष्ट बचतकर्ताका रुपमा पार्वती पोख्रेललाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्य बलराम तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गर्दै सदस्य हित कोषबाट परिवारलाई १० हजार प्रदान गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशका रजिष्टार उदय बहादुर पराजुलीले सहकारीमा सबै सदस्यको सहभागिता र योगदान समान रहने उल्लेख गर्नुभयो ।
जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय प्रतिनिधि दीपक प्रकाश आचार्यले नीतिले चल्ने संस्था मात्र दीगो हुने बताउनुभयो ।
कुँडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव बहादुर बराल, सचिव सुरेन्द्रविनोद खनाल र शेयर सदस्य तोयनाथ लामिछानेले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस