पोखरा, २३ भदौ । निर्वाचन समिति कास्कीले नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार भदौं २३ गतेदेखि शुरु भएको निर्वाचन प्रक्रियामा भदौ २४ गते मतदाता नामावली उपर दावि विरोध, २५ गते मतदाताको अन्तिम नामावली प्रकाशन, मनोनयन पत्र वितरण र उम्मेद्वारको नामावली प्रकाशित गरिने छ ।्त्यस्तै २६ गते उम्मेद्वार नामावली उपर दावि विरोध र फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिने छ ।
पोखरा प्रदर्शनी केन्द्रमा भदौ २७ गते विहान सातदेखि चार बजेसम्म मतदान तय गरिएको सहायक निर्वाचन अधिकृत लोकहरि पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, भदौ २५ गते पोखरा महानगरपालिकाको अधिवेशन उद्घाटन गरिने नेपाली काँग्रेस पोखरा महानगरपालिकाका सभापति बजिरमान श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives