पोखरा, १८ भदौ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पोखराका बैंकर्स विज्ञ विश्व मोहन अधिकारी नियुक्त हुनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको सिफरिसमा बुधबारको मन्त्रिपरिषद् बैंठकले उहाँलाई नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाका आधारमा अधिकारी नियुक्त हुन सफल हुुनुभएको हो । कोषको कार्यालय काठमाण्डौंको अनामनगरमा रहेको छ ।
कास्कीको साविक कालिका गाविस वडा नं ६, चितेपानी जन्मनु भएका अधिकारी पछिल्लो समय पोखरा ११ फूलबारीको स्थायी बासिन्दा हुनुहुन्छ ।
१५ वर्षसम्म विभिन्न बैंकमा प्रमुख कार्यकारी अधिकृत रहनु भएका अधिकारीले २५ वर्ष बैंकिङ क्षेत्रमा सेवा गर्नुभएको छ । हाल पोखराको बहुमुखी क्याम्पसमा प्राध्यापनरत अधिकारी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ ।
उहाँले मुलुकको बेरोजगारी समस्यालाई घटाउनका लागि आफूले काम गर्ने बताउनु भएको छ । करीब १८ प्रतिशत बेरोजगारी समस्यालाई चार वर्षे कार्यकालमा १४ प्रतिशतमा घटाउने गरी काम गर्ने उहाँको भनाइ छ ।
वर्षेनी पाँच लाख नेपालीलाई रोजगारीको आवश्यकता रहेको बताउँदै कार्यकारी निर्देशक अधिकारीले वर्षेनी ५० हजारलाई स्वरोजगार बनाउने सरकारको लक्ष्य पुरा गर्ने गरी योजना बनाउने जानकारी दिनुभयो ।
उहाँले पेशा व्यवसाय नभएर विदेश पलायन हुने युवाका लागि स्वदेशमा नै आवश्यक वातावरण निर्माण गरी उत्पादनसँग जोड्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित