धादिङ, १४ भदौ (रासस) । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।
मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् ।
घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।
उता अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विद्युत्को पोल मुनी मृत भेटिएकी विकको शरीरको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको, काँधको भाग डढेको देखिएको र विद्युत्का कर्मचारीले परीक्षण गर्दासमेत तारमा करेन्ट प्रवाह भएको पाइएकाले करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको हो ।
मृतकको शव परीक्षणका लागि मेची अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी