दाङ, १७ साउन (रासस) ।घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिनुभयो ।
त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन