मन्त्री शर्माका दुई निर्णय ः पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १०, २०७८
IMG_1752

पोखरा, १० साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपÒर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहणसँगै उहाँले दुइ वटा महत्वपूर्ण निर्णयहरु गर्नुभएको छ । उहाँले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गर्नुभएको छ । त्यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गर्नुभएको छ ।

त्यसलगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ, उहाँले भन्नुभयो, सेवाग्राहिको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस्।’

Related News

सम्बन्धित समाचार

  • एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives