पोखरा, ६ साउन । ३९ औं स्मृति दिवसको अवसरमा पोखरामा वीपीको शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको छ ।
कास्की काँग्रेसको आयोजनामा पोखराको चिप्लेढुङ्गास्थित वीपी शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री कुमार खड्का, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य विन्दु थापा, नेता सोभियत बहादुर अधिकारी, पोषनाथ शर्मा, माधव बास्तोला ‘मधु’, कृष्ण कोइराला, बजिरमान श्रेष्ठ लगायतले शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वीपीको वीचार र सिद्वान्तलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । देश र जनताप्रतिको दुरगामी सोचबाट अहिले मुलुक अघि बढिरहेको उहाँको भनाइ छ ।
नेता शुक्रराज शर्माले वीपी विचारले सदैव विजयी हासिल गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला सदस्य एवं पूर्व सचिव रामराज लामिछाने र प्रवक्ता नवीन सिग्देलले बोल्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives