पोखरा, १६ असार । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेसँग भेटघाट गरेको छ ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीसँग भेट गरी उहाँ र प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमार खड्कालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ ।
त्यसक्रममा पत्रकारिताका समस्या र पत्रकारिता क्षेत्रका लागि सरकारले निर्वाह गर्नुपर्ने विषयका बारेमा ध्यानाकर्षण गराइएको थियो ।
भेटमा मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रताप्रति सधैं प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सरकार अहिले ठिक लाइन र जनताको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
सामाजिक विकास मन्त्री तथा प्रवक्ता खड्काले यो वर्षको बजेटमा पत्रकारका लागि केही नयाँ कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सल्लाहकार सल्लाकार गंगाधर पराजुली, राज बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीकी केन्द्रीय सदस्य सरीता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदिप पौडेलले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives