पोखरा । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको वडा प्रहरी कार्यालय बगरको पुन निर्माण गरिएको छ ।
भाद्र २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनको क्रममा वडा प्रहरी कार्यालय बगरमा आक्रमण हुदा कार्यालयमा रहेका भौतिक संरचना तथा कार्यालय भवन र व्यक्तिगत सामाग्रीहरू आगजनी भई क्षतिग्रस्त भएपछि यसको पुन निर्माण गर्ने जिम्मा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरले लिएको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा केन्द्रका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरू सदस्य रहने गरी भवन पुन निर्माण समिति गठन गरिएको थियो ।
पुन निर्माण समिति स्थानीय निकाय, सङ्घ संस्था, व्यवसायी, आम समूह, युवा क्लब तथा सामुदायिक प्रतिष्ठित व्यक्तित्वहरूबाट प्राप्त नगद ४ लाख १० हजार ४ सय ३० र ३५ लाख ८९ हजार ८ सय ५० रुपैयाँ बरावरको जिन्सी सामाग्री गरी ४० लाख २ सय ८० रुपैयाँ बरावरको कार्यालय भवन, ब्यारेक भवन, मेसको पुन निर्माण गरिएको हो ।

पुन निर्माण गरिएका सम्पूर्ण संरचना आइतबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीको रोहवरमा पुन निर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीले वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटालाई हस्तान्तरण गरेका थिए ।
वडा प्रहरी कार्यालय बगर परिसरमा पुरुषोत्तम श्रेष्ठकै संयोजकत्वमा बनेका अधिकांश संरचना जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति भएपछि उनै श्रेष्ठले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको सहयोगमा पुन निर्माण गर्ने जिम्मा लिएसँगै यो अभियानले सार्थकता पाएको थियो ।
‘जब हेर्दा हेर्दै वडा प्रहरी कार्यालय बगरमा भएका भौतिक संरचनासँगै यहाँका सम्पूर्ण सामाग्री आगो लागेर खरानी भयो त्यति खेर यहाँका प्रहरी साथीहरू हामी माझ आएर आँखाबाट आशुका साथ पिडा सुनाउनुभयो हामी भाव विह्वल भयौ’ त्यो दिन सम्झँदै श्रेष्ठले भने, ‘स्थानीयकै सहयोगमा वनेको भवन सँगै सम्पूर्ण सामग्री नष्ट भएपछि प्रहरीलाई मनवाल बढाउँदै सम्पूर्ण पुन निर्माण काम हामी गर्छौ भनेर अठोट गरौँ यहाँहरूकै सहयोगले यो काम सम्पन्न भएको छ ।’ उनले यो अभियानमा सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले भवन निर्माणमा जोडिएका सम्पूणलाई हृदय देखि नै आभार प्रकट गरे । ‘त्यो वेलाको पिडा यति दर्दनाक थियो कि सम्झँदै मन झसंड्ड हुन्छ’ उनले भने, ‘प्रहरीका समस्यालाई तत्काल बुझेर सामुदायिक सेवा केन्द्र बगरले गरेको यो पहलकदमी सधैँ स्मरण रहने छ ।’ यहाँहरूको सक्रिय सहभागिताले नै वडा प्रहरी कार्यालय बगर क्षेत्र भित्र जनसङ्ख्या बढे पनि अपराधका घटनमा क्रममा कमी भएको उनको भनाई थियो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी तुल बहादुर कार्कीले बगरको सामुदायिक सेवा केन्द्रका हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।
पोखरा महानगर पालिका वडा नं. २ का वडा अध्यक्ष दिवसमान प्रधानाड्डले सार्वजनिक सम्पत्तिमा भएको आगजनी जो जसले गरे पनि गलत हुने बताउँदै प्रहरीका हरेक गतिविधिमा महानगरको पूर्ण रूपमा साथ रहने उल्लेख गरे । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले बगर सामुदायिकले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले पुन निर्माणको आम्दानी र खर्चको बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा भवन पुन निर्माणमा सहयोग गर्ने वडा प्रहरी कार्यालय बगरका प्रहरी नायव निरीक्षक यान बहादुर कुँवर, प्रहरी वरिष्ठ हवलदार लक्ष्मी खत्री, प्रहरी वरिष्ठ हवलदार तुलसीराम तिमिल्सीना, ट्राफिक प्रहरी हवलदार बुद्धि लामिछाने, प्रहरी सहायक हवलदार भोला नाथा पौडेल, प्रहरी सहायक हवलदार विनोद बहादुर केसी र एसीजोमालाई सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरले सम्मान गरेका थियो ।
त्यस्तै पुन निर्माणमा अहोरात्र खटिएका पुन निर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारी, सचिव कृष्ण बहादुर तामाड्ड, कोषाध्यक्ष कमल प्रसाद बास्तोला सदस्य चित्रबहादुर थापा, प्रहरी हवलदार गौतम कुमार हायु र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई वडा प्रहरी कार्यालय बगरले प्रशंसा पत्र प्रदान गरेको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सिता गुरुङ, सचिव कृष्ण बहादुर तामाड्ड, त्रिशक्ति सेवा समाजका अध्यक्ष प्रवीण सुवेदी, ढिकुरपोखरी समाजकी अध्यक्ष लक्ष्मी अधिकारीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सवमा ५० लाख बढीको कारोबार
सडकमा सास्ती खेपेपछि राखी मिजुरे सडक विकासमा स्थानीय आफै जुटे
राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
आलु महोत्सव भोलीदेखि
पर्यटनमैत्री नीतिमा वैरागीको जोड ः एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने