पोखरा । कास्कीको पुरानो सडक राखी मिजुरेको विकासका लागि त्यस भेगका सामाजिक अभियान्तहरुले सुरु गरेको जनश्रमदान अभियान तीव्र गतिमा अघि बढेको छ । ११ दिन पुग्दा ४ सय जना श्रमदाताहरू स्वतःस्फूर्त उत्साहका साथ श्रमदानमा जोडिएका छन् ।
८ दिन पुगेपछि अभियान सञ्चालन कार्यसमिति, सल्लाहकार तथा अनुगमन समितिको संयुक्त बैठक सम्पन्न गरी समीक्षा समेत गरिएको थियो । बैठकले उत्साहजनक रूपमा सहभागिता जनाएका श्रमदाताहरूप्रति धन्यवाद दिँदै कमीकमजोरीहरूको समीक्षा समेत गरेको थियो ।
अभियानलाई निरन्तरता दिन मादी गाउँपालिका वडा नं. ९ र ८ को मिजुरेतर्फको भूभागहरूमा श्रमदान अभियान गर्ने निर्णय गरेसँगै हाल सो भागमा सुरु भएको छ । श्रमदानमा स्थानीयको दिनानुदिन उत्साहजनक सहभागिता रहेको जनश्रमदान अभियान समितिका संयोजक एवं मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङले बताए ।
श्रमदान अभियानमा मादी गाउँपालिका वडा नं. ८, ९, १०, ११, १२, पोखरा महानगरपालिका वडा नं. २८ को मिजुरे, थुम्सीकोट, नयाँबजार, मकैखोला, भगवतीटार, सैमराङ, कयारे, ढोडेनी, भाचोक, सौरे, ठुलोढुड्डा साब्ले, घुम्ले, काफलडाँडा, लिप्यानी, रबैडाँडा, पोसी, मुग्री, गोर्जे, गहते, च्यादी, मुग्रीबेँसी, नागीधार, पाखुरीकोट, पातीखोला, बालुवाबेँसी लगायत गाउँका जनताहरु स्वतःस्फूर्त अभियानमा सहभागी भई श्रमदान गरेका छन् ।
अभियानमा स्वतःस्फूर्त जोडिनुहुन समितिद्वारा सबैलाई आव्हान समेत गरिएको सल्लाहकार संयोजक विष्णु आचार्यले बताइन् । साथै महत्त्वपूर्ण राय सुझावहरू दिन सबैमा अनुरोध समेत गरिएको छ ।
पोखरा २८ को सौरेबाट सुरु गरिएको अभियान पहिरे, भगवतीटार, घुम्ले, थुम्सीकोट हुँदै मिजुरे तर्फ पुग्दा ४ सय जनाले श्रमदान गरिसकेको अभियानका सचिव प्रकाश आचार्यले जानकारी दिएका छन् ।
राखी मिजुरे सडकमा विगत लामो समय देखी पर्याप्त सरकारी बजेट पर्न नसकी सडकले गति लिन नसकेको हुँदा सडकको अधिकांश ठाउँहरू जीर्ण भई सवारी आवतजावत गर्न निकै सास्ती भएकोले स्वतःस्फूर्त त्यस भेगका सामाजिक अभियान्तहरुले जनश्रमदान अभियान सञ्चालन गरेर सडकलाई केही सहज बनाउन लागेको अभियानका सहसंयोजक एवं मादी १२ का जनप्रतिनिधि मिलन ढकालले बताए ।
श्रमदान अभियानमा सहभागी श्रमदाताहरूले सडकमा भएको खाल्डाखुल्डी पुर्ने, सोलिङ गर्ने, नाला काट्ने लगायत कामहरू गरेका छन् ।
भइरहेको जनश्रमदान अभियान गतिविधिहरू बारे त्यस क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद, प्रदेश सांसद, जिल्लास्थित राजनैतिक दलका पार्टी प्रमुखहरू लाई समेत जानकारी गराएको छ र अभियानमा जोडिनुहुन सबैलाई समितिले आव्हान समेत गरेको सल्लाहकार कृष्ण राज पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
आलु महोत्सव भोलीदेखि
पर्यटनमैत्री नीतिमा वैरागीको जोड ः एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने
पोखरामा फागुन १५ मा काँग्रेसको चुनावी सभा हुने, गगन र विश्वप्रकाश आउँदै
पोखरा १० मा मतदातासँग भेटघाट गर्दै तिलक रानाभाट