पोखरा, २६ चैत। राष्ट्रिय हेमजा आलु महोत्सव भोलीदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गते सम्म संचालन हुने १४ औँ संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सव सुरु हुनुपु र्व हेमजा स्थित विष्णु पादुका माई स्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णु पादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णु पादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय वटा व्यापारिक स्टल रहनेछन् ।महोत्सव प्रवेशका लागि साधारणतर्फ रु.१ सय तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ। त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोबार हुनेछ ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोट बिरुवा, परीक्षण तथा रोक निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुतिलगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीलगायतका गतिविधि पनि सञ्चालन गरिने आयोजक विष्णु पादुका क्लबले जनाएको छ ।
सदाझैँ यस पटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । यस खेतीमा त्यहाँका करिब २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
जसको प्रति रोपनी औसत उत्पादन लागत रु.१८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
पर्यटनमैत्री नीतिमा वैरागीको जोड ः एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने
पोखरामा फागुन १५ मा काँग्रेसको चुनावी सभा हुने, गगन र विश्वप्रकाश आउँदै
पोखरा १० मा मतदातासँग भेटघाट गर्दै तिलक रानाभाट
राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्छु: मनोज गुरुङ
भूमिहीन र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने नीति ल्याउने मनोज गुरुङको वाचा