पोखरा २७ का स्थानीय, तिलक रानाभाटको विकल्प छैन 

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०८२
dada170a-8afc-41e8-9bcf-0dfc403d566c

पोखरा ।  नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटको विकल्प कोही पनि नरहेको पोखरा महानगरपालिका वडा नम्बर २७ का स्थानीयहरूले बताएका छन्। चुनाव प्रचारप्रसार कार्यक्रम अन्तर्गत वडा नं २७ का घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयहरूले अब नेपाली काँग्रेसको विकल्प देश विकासमा कसैको नरहेको र कास्की क्षेत्र नम्बर १ मा कोही उम्मेदवार नरहेको बताएका छन् ।

भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले अब तिलक रानाबाटको विजयसँगै विकासका खाका कोरिने र समृद्ध क्षेत्र नम्बर १ बन्ने कुरामा जोड दिएका छन्।

सोही कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव भानुभक्त ढकालले नेपाली काँग्रेसको विजयसँगै गगन थापाको नेतृत्वमा सरकार बन्ने र विकासको लहर आउने बताएका छन्। त्यस्तै नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक राजेन्द्रमणि लामिछानेले अबको विकास आधुनिक प्रविधिसँगको युवालाई स्वरोजगार बन्न र व्यवसायीमुखी बन्नको लागि उत्प्रेरित गराउनको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन्। 

सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता चतुराखर अधिकारी, युवा नेता  प्रेम बराल  विष्णु गुरुङ जितेन्द्र क्षेत्री सूर्यबहादुर वाग्ले, लक्ष्मी सुनार, बुद्धिमाया रिजाल, अम्बिका आचार्य, शेखनाथ लामिछाने, सीता अधिकारी, अर्पण नेपाली, नरबहादुर मल्ल, घनश्याम ढुङ्गाना, मिना तामाङ, झकबहादुर तामाङ, रमा आचार्य, कमलप्रसाद आचार्य, सीता आचार्य, नरेन्द्र कुमाल, जमुना गुरुङ, लगायतले बोलेका थिए। 

वडा नम्बर २७ अन्तर्गत शिव टोल छत्रे ढुङ्गा खोलाको डिल सयले पाखा घरेलु चौर कुमाल टोल डाँडाको नाक भित्री डाँडाको नाक गच्छाफाँट गोल पाटन कालीमाटी तामाङ समाज लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले बताएका छन्। 

नेपाली काँग्रेस पोखरा वडा नम्बर २७ का वडा सभापति नारायणमणि लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव धर्मदत्त बराल र गोपी कृष्ण तिवारीले गरेका थिए

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै