पोखरा ।नेकपा एमाले कास्की क्षेत्र नं २ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् ।
‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र प्रतिबद्धता मात्रै बनाउँदैनौ कार्यान्वयनको प्रस्ट मार्गचित्र सहित हजुरहरू समक्ष आएका छौँ,’उम्मेदवार आचार्यले भने—’हिजो हाम्रा जनप्रतिनिधिले हजुरहरूको विश्वासमा दाग लाग्ने कम गर्नु भएन आज त्यो कामलाई थप मजबुत बनाउने बलियो योजना बोकेर आएको छु ।’
उनले शुक्रवार आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं। २ पोखरा १६ को दिपबाट मतदाता साक्षात्कार प्रारम्भ गर्दै सो कुरा बताएका हुन् ।
सुन्दर पर्यटकीय सम्भावना बोकेको अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकास सहित पोखराका अन्य पर्यटकीय क्षेत्रहरूसँग जोड्ने काम बाँकी रहेको उनको भनाई छ । पोखरा १६ का महेन्द्र गुफा, चमेरे गुफा, सेती नदिमा थप पर्यटन आवागमन वृद्धिका लागि ती स्थलहरूको सबलीकृत विकास र प्रचार प्रसार मार्फत थप उत्पादनशिल बनाउनेमा उनको जोड छ ।
महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान, सबलीकरण र प्रचार प्रसार विना पोखराको पर्यटनले अपेक्षित परिणाम दिन नसक्ने उम्मेदवार आचार्यको ठहर छ । अपेक्षा बाँडेर मात्रै हुँदैन आफूसँग परिणाम दिन सक्ने कार्यान्वयनमुखी योजना रहेको उम्मेदवार आचार्यले उल्लेख गरे ।
पोखरा १६ का अर्मलाकोट, र्याले, पात्ले, दाद्रे, डिहि, टाड बिस्यौना, कुर, माझकुना, घोकुर्ना, छहरेपानी, जोगिमणी, जुम्लेटी, घार्मीखोला लगायतका मतदाता भेटेका उम्मेदवार आचार्यले कास्की २ को स्थानीय भएको र सधैंसँगै रहेर सँगसँगै विकास, एकसाथ विकासको नीति अवलम्बन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको दोहो¥याए ।
मतदाता भेटघाटमा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रिय सदस्य भिम कार्की, अनेम संघ केन्द्रिय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट सहित प्रदेश ,जिल्ला र स्थानिय तहका नेता कार्यकर्ता सहभागी रहेको एमाले पोखरा १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गरी २० लाखपर्यटक भित्र्याउने मनोज गुरुङको प्रतिबद्धता
रास्वपा कास्की–२ को बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
नेपाली काँग्रेसको पोखरा–२७ मा सम्पर्क कार्यालय स्थापना
नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना
पोखरा २४ कास्कीकोटमा काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालयय रुपा गाउँ पालिका पनि सम्पर्क कार्यालय स्थापना