पोखरा ।कास्की क्षेत्र नं ३ का काँग्रेस उम्मेदवार मनोज गुरुङले पोखराको पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्दै ठोस योजनाअघि सारेका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यवसायिक उडान सञ्चालन गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यलि एको बताएका छन्। यसका लागि अन्तर्राष्ट्रिय एयरलाइन्ससँग समन्वय, पर्यटन प्रवर्द्धन कार्यक्रम र निजी क्षेत्रसँग सहकार्य गरिने उनको भनाइ छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनभएको दुई वर्ष पूरा भैसक्दा समेत यहाँबाट व्यावसायिक उडान हुन नसकेको अवस्थामा उम्मेद्वार गुरुङले यस विषयलाई आफ्नो चुनावी संकल्पमा प्राथमिकताका साथ राखेका छन् ।
उम्मेदवार गुरुङेअनुसार विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि पोखराको पर्यटन उद्योगमा नयाँऊर्जा थपिनेछ। होटेल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रमा रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गरेका छन्।
यसले स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिलाउने र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उनले बताए। साथै, पोखरालाई प्राकृतिक सौन्दर्य, धार्मिक सहिष्णुता र दीगो पर्यटनको राजधानीका रूपमा विकास गर्ने योजना अघि सारेका छन्।
वातावरण संरक्षण, स्थानीय संस्कृति प्रवर्द्धन र व्यवस्थित पर्यटन विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले मतदातासँग समर्थन मागेका छन्।
मतदाता भेटघाट तीव्र
उम्मेदवार गुरुङ आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। सोमबारदेखि पोखरा क्षेत्रमा केन्द्रित रहेका गुरुङले बुधबारसम्ममा वडा नं १, २ र ३ मा अभियान सम्पन्न गरेका छन् ।उनी शुक्रबार कास्कीको अन्नपूर्ण गाउँ पालिकाका केही स्थानमा घरदैलो गर्दैछन् भने शनिवार पोखरा १९ मा केन्द्रित गर्नेछन्।
उनले काँग्रेस अब सच्चिएर अघि बढेको दाबी गरेका छन्। विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी रूपान्तरणको बाटोमा हिँडेको उल्लेख गर्दै उनले “रूपान्तरित काँग्रेस” ले जनताको चाहना र समयको मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उम्मेद्वार गुरुङले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे।
‘जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले कामगर्ने, सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेर्छौँ’, उनको अठोट छ।
उनले विगतका अनुभवबाट सिकेर असलकर्ममा निरन्तर लागिरहने प्रतिबद्धता पनिजनाए।‘जनताको विश्वास जित्नु नै मेरो पहिलो जिम्मेवारी हो’, उनले भने, ‘म सदैव जनताको सेवामा समर्पित रहनेछु।’
स्थानीयले विकास, रोजगारी, शिक्षार स्वास्थ्य जस्ता आधारभूतविषयमाआफ्नाचासो राखेका थिए। उम्मेदवार गुरुङले ती सबै मुद्दालाई आफूले प्राथमिकता दिने प्रतिबद्धता जनाए।
समानुपातिक उम्मेद्वार आइबहादुर नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे । स्थानीयतहका वडा–वडामा दलित प्रतिनिधित्वको कानूनी व्यवस्था कांग्रेसकै पहलमा सम्भवभएको उनको भनाइ छ।
Related News
सम्बन्धित समाचार
रास्वपा कास्की–२ को बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
नेपाली काँग्रेसको पोखरा–२७ मा सम्पर्क कार्यालय स्थापना
नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना
पोखरा २४ कास्कीकोटमा काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालयय रुपा गाउँ पालिका पनि सम्पर्क कार्यालय स्थापना
नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौ – राष्ट्रपति