उम्मेदवार रानाभाटसँग विद्यार्थीको भेटघाट

राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०८२
413cf91c-a003-4a60-934f-5a1831514079

पोखरा । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सभा सदस्य उम्मेदवार तिलक रानाभाटसँग विद्यार्थीहरूले भेटघाट तथा अन्तरक्रिया गरेका छन्। 

समसामयिक राजनीतिक विषय, युवा विद्यार्थीको आवश्यकता र विकास निर्माणका बारेमा उम्मेदवारसँग छलफल गरेका हुन् । 

विद्यार्थीहरूले रोजगारी, पर्यटकीय सम्भावना र अत्यावश्यक विषयवस्तुका बारेमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार तिलक रानाभाटले विद्यार्थीबाट प्राप्त सुझाव अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गरे। उनले युवा विद्यार्थीको काँधमा देशको भविष्य रहेको बताए ।   

देश र जनताको आवश्यकता नै आफ्ना योजना हुने उनको भनाइ छ।  समृद्ध देश निर्माणको अभियानमा साथ दिन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं महासमिति सदस्य दीपक गुरुङ माइला, पोखरा महानगरपालिका वडा कार्यसमिति २६ का सभापति शिव रानाभाट, विद्यार्थी नेताहरू रसिकहरी भण्डारी र विजय घिमिरेले बोलेका थिए ।

त्यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत आइतबार पोखरा महानगरपालिका वडा नम्बर २९ मा सम्पर्क कार्यालय स्थापना गरिएको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्थापना गरिएको कार्यालयको प्रजातन्त्र सेनानी भोजराज भण्डारी, केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार तिलक रानाभाट, केन्द्रीय सदस्य कृष्ण केसी र पूर्व मन्त्री यज्ञबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गरे।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति २९ का कार्यवाहक सभापति चीनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति रामबाबु भण्डारी, पूर्व जिल्ला सदस्य बिन्दु भण्डारी, विद्यार्थी नेत्री सोना राणा र वडा कार्यसमितिका सचिव पदम गुरुङले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै