पोखरा । नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले चुनावी अभियानका लागि दुई स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ।
बुधवार पोखरा महानगरपालिका वडा नम्बर ३० को खुँदी र ३१ को मोहरियामा सम्पर्क कार्यालय स्थापना गरिएको सूचना, सञ्चार तथा आइटी समितिका संयोजक नवीन सिग्देलले जानकारी दिए ।
दुवै स्थानमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलकबहादुर रानाभाटले देशलाई सङ्कटबाट जोगाउनका लागि काँग्रेसलाई बहुमत आवश्यक रहेको बताए। उनले आफू देश र जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनता र देशको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताए।
नेपाली काँग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले काँग्रेसको नेतृत्वमा नै देशले निकास र विकास पाउने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले पार्टी भित्रका सबै जना नेता तथा कार्यकर्ता आफूलाई नै तिलक रानाबाट ठानेर निर्वाचनमा होमिनुपर्ने उल्लेख गरे ।
पूर्व मन्त्री एवं नेपाली काँग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले काँग्रेस नै देशको भविष्य भएको बताए । नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले सुधारिएको काङ्ग्रेसप्रति जनताको आकर्षण बढिरहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नम्बर ३० का सभापति ध्रुवराज न्यौपाने, ३१ का कार्यवाहक सभापति भानुभक्त पौडेल, उपसभापतिहरू डम्मरु बल्लभ चापागाईँ, वीरबहादुर लामा वाइबा, सचिवहरू रामचन्द्र अधिकारी, श्रीराम कँडेल वीरभद्र कँडेल, युवा नेता प्रताप मोहन पौडेल लगायतले बोलेका थिए ।
काँग्रेसले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अन्तर्गतका कार्यक्रमहरू सुरु गरेको नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
विष्णुपादुका माविको ५७ औँ अभिभाव दिवस तथा पुरस्कार वितरण कार्यक्रम
प्रथम विष्णु पादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता सुरु
हेमजामा तेस्रो माघे सक्रान्ति मेला सुरु
एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसमा विविध सम्मान
एन प्याब्सन कास्कीले स्थापना दिवसमा हरिदेवीलाई सम्मान गर्ने, फेवाताल किनार सरससफाई