पोखरा । धौलागिरि युवा क्लब तथा धौलागिरि हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहीबार देखि सुरु भएको छ ।
हेमजाको फुर्केटारी चोकमा भएको उक्त मेला माघ ५ गते सम्म चल्ने छ । मेला शुभारम्भ अगाडि फुर्केटारी चोकमा निकालिएको झाँकी सहितको ¥याली हेमजा फाट प्रगतिचोक, मिलनचोक हुँदै पुन मेला स्थलमा पुगेको थियो ।
मेलामा शुक्रवार देखि स्व दिल बहादुर शेरपुञ्जा स्मृतिमा खुल्ला पुरुष, महिला तथा प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता हुने धौलागिरि युवा क्लबका अध्यक्ष तुलबहादुर रोका मगरले जानकारी दिए ।
प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले नगद ६१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला भलिबल तर्फ प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता तर्फ प्रथम हुनेले खसी र द्वितीय हुनेले २ वटा भाले ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । मेलामा घैटो फुटाउने, लठो तान्ने, छेलो हान्ने, भाले छुने र कुर्ची घुमाई प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा विजयी हुनेले नगद र प्रमाण पत्र पाउने छन् । मेलामा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ ।
शुक्रवार देखि हुने महिला भलिबल तर्फ पहिलो खेल बिहान ९ बजे धौलागिरि युवा क्लब रातो र शान्त भलिबल ट्रे सेन्टर बिच हुने छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. २५ का कार्यवाहक अध्यक्ष शुवास भण्डारीले आफ्नो संस्कृति र परम्परा जोगाउनका लागि सवै एकीकृत भएर लाग्न आग्रह गरे ।
‘तपाईँहरू जहाँ बाट आउनुभयो त्यो सँगै आफ्नो संस्कृति र परम्परा बोकेर आउनुभएको छ’ उनले भने, ‘अव हेमजा पनि विभिन्न जात जातिका संस्कृतिले धनी भएको छ, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’ उनले वडाको तर्फ बाट यहाँ बस्ने सबैलाई सहभाव दृष्टिकोण राखेर अगाडि बढेको उल्लेख गरे ।
सुन्दरपुरी टोल विकास संस्थाका अध्यक्ष राम बहादुर पुनले मेलाले मगरहरूको परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने काम गरेको बताए ।
कार्यक्रममा नेपाल मगर सांस्कृतिक सङ्घ समन्वय समिति कास्कीकी अध्यक्ष दिल कुमारी फगामी मगर, सह कोषाध्यक्ष ललिता पुन, सदस्य विकास फगामी, झलक राना मगर, धौलागिरि आम समूहकी अध्यक्ष प्रेम कुमारी चोचाङ पुन लगायतले बोलेका थिए ।
धौलागिरि हेमजा मगर समाजका अध्यक्ष नेत्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तम बहादुर रोक मगरले स्वागत र सचिव चूडामणि घर्तिमगरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसमा विविध सम्मान
एन प्याब्सन कास्कीले स्थापना दिवसमा हरिदेवीलाई सम्मान गर्ने, फेवाताल किनार सरससफाई
दियालो कृषि सहकारीको अध्यक्षमा कुलप्रसाद
एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धार दुःख व्यक्त
कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना