पोखरा । हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नर्सरी देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भक्तराज रसाइलीले गरेका थिए ।
विद्यार्थीहरूको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशव शरण पौडेलले जानकारी दिए ।

‘विद्यार्थीको क्षमता अभिवृद्धि गर्न अभिभावक, शिक्षक विद्यालयले गर्नु पर्ने दायित्वबोधका विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गरिएको हो’ संस्थापक प्रिन्सिपल पौडेलले भने, ‘पक्कै पनि यो कार्यक्रममा बाट केही न केही उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा विद्यालय परिवार आशावादी छ ।’
अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरूमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको विद्यालयले विश्वास लिएको छ ।

विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने अभिभावकले बताएका थिए । कार्यक्रम मार्फत आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए । विद्यालयले गरेको यो अभिमुखीकरण कार्यक्रम मार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका थिए ।
समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यवहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिने अभिभावकले बताएका छन् । विद्यालयले समय समयमा शैक्षिक गुणस्तर वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा सहजीकरण गर्दै भक्तराज रासाईलीले शिक्षा र संस्कारले विद्यार्थीलाई हरेक क्षेत्रमा पूर्ण बनाउने बताए । ‘असल सङ्गत, सकारात्मक बातवरण तथा विद्यालय र अभिभावक बिच सहकार्य गर्न सकेमा विद्यार्थीलाई असल बनाउन सकिन्छ’ उनले भने, ‘यी बातवरण सिर्जनका गर्ने काम विद्यालय शिक्षक र अभिभावकले गर्नुपर्दछ ।’ कार्यक्रम शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
निष्पक्ष मा.बिको ६४ औँ वार्षिकोत्सव
दलित एकता सञ्जाल र स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम
हिमालय बचतद्धार वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रम
यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै
नीति एकेडेमीमा पोखरा–१७ को वेब पेज डिजाइन तालिम सुरु