लेकसाईड न्यू ईयर ईभमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने

राष्ट्र न्यूज सम्वाददाता
पौष ११, २०८२
Ashma Bishwokarma PIC

पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने साङ्गीतिक उत्सवमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने भएको छ । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रममा कार्टुन क्रुजकी आस्माले प्रस्तुति दिने भएकी हुन् । आस्माले प्रस्तुति राख्नेबारेमा सम्झौता भइसकेको साङ्गीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरू छिकिरी छिकिरीलगायतका गीतहरूमा डान्स प्रस्तुत गर्नेछिन् ।

पुस १६ गते बेलुकाको न्यू ईयर ईभ स्पेसल कार्यक्रममा आस्मासँगै एक्स नेपथ्य, उज्जन शाक्य, डि–मर्चा, लेकाली, देउरालीलगायतका व्याण्डहरुको लाइभ प्रस्तुति रहनेछ । सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य नेपालमा तीन दशकपछि गुन्जिनेछ । एक्स नेपथ्यका गायक रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ ब्यान्ड प्रस्तुति दिने गुरुङले बताए । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरू प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सो दिन न्यू ईयर ईभमा भाइरल गायक उज्जन श्रेष्ठको व्याण्डले लाइभ प्रस्तुति दिने अल टेक नेपालका सञ्चालक गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरू गुन्जाउने बताए ।
 
पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्ग पुस १५ गते साँझ चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाइभ ब्यान्ड प्रस्तुति दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरू गुन्जाउने छन् ।
 
सो दिन चक्र ब्यान्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने उनले बताए ।
 
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

Recent News