पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न.९ सैतिखोलामा स्थापित गौरी शकंर मनिलाल मा.विको ५४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ्रेगाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले स्थापनाकाल देखि विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए । गौरी शंकर मा.विमा खेलकुद मैदानको अभाव रहेको विद्यालयले पटक पटक पालिकालाई जानकारी दिएको बताउँदै उनले खेल मैदान व्यवस्थापनका लागि पालिकाबाट आगामी दिनमा आवश्यक सहजीकरण गरिने उल्लेख गरे ।
उपाध्यक्ष सीता अधिकारीले शिक्षाको महत्वलाई पालिकाले आत्मसात् गर्दै पालिका स्तरबाट गुणस्तरीय शिक्षाका लागि प्राथमिकता आधारमा आवश्यक कदमहरूलाई निरन्तरता दिँदै आएको बताईन् । शिक्षामा अमूल परिवर्तनका लागि, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक व्यक्तित्व, राजनितिकदल एवं शिक्षा प्रेमीहरू एक हुन उनले आग्रह गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रक्ष बहादुर क्षेत्रीले विद्यालयको आयव्यय विवरण,शैक्षिक सुधारका लागि विद्यालयद्वारा चालिएका कदमहरू र भावी योजना प्रस्तुत गरे । पछिल्लो समय कक्षा ८ देखि १० सम्म ३ वटा स्मार्ट बोर्ड जडान गरी प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिएको बताउँदै अन्य कक्षामा पनि आगामी दिनमा निरन्तरता दिने लक्ष्य रहेको उनले जानकारी दिए ।
वार्षिकोत्सव समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा न. ५का अध्यक्ष नारायण प्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय अंगेजी शाखा प्रमुख युवराज दवाडी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गौरी प्रसाद दाहाल , विद्यालयका संस्थापक प्रतिनिधि, मनीलाल प्रतिष्ठान अध्यक्ष एवं वडा न. ९ वडा सदस्य रामहरि गुरुङ , अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम, अक्षयकोषदाता सूर्य बहादुर योनजन, पूर्व विद्यार्थी प्रज्वलन क्षेत्रीलगायतल बोलेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासका लागि योगदान पु¥याउने शिक्षक कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता, जग्गादाता लगायत विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका सम्बन्धित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, सर्वोत्कृष्ट नतिजा पुरस्कार लगायतका, दिर्घ सेवा एवं विभिन्न विधाका सम्मान तथा शैक्षिक सँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता भएको कार्यक्रममा विद्यार्थी निलम गुरुङले स्वागत र शिक्षक मीनराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
१४ औँ पोखरा महोत्सवको तयारी तीव्र
उत्पादक र उपभोक्ताको सङ्गम स्थल बन्यो लेखनाथ महोत्सव
पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु
पोखरा सडक महोत्सवको साङ्गीतिक उत्सव ः न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुन्जिने
लेखनाथ महोत्सवमा औद्योगिक बहस