पोखरा । १४ ओेैं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुसको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओं पोखराको महोत्सवको तयारी तीव्र पारिएको हो । महोत्सवको तयारी स्वरूप मङ्गलवार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भव्य बनाउन सम्पूर्ण एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
सो अवसरमा बोल्दै महोत्सव सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने बताए । क्लबले गरेको सामाजिक कामको उपलब्धिलाई प्रस्ट्याउने गरी महोत्सवमा देखाउन आवश्यक रहेको बताउँदै केसीले विभिन्न सरकारी नियकासंग सहकार्य गरेर सेती नदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अमरसिंह माविका निमित्त प्रधानाध्यापक सुदिप आचार्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामाग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव राखे । अर्का सल्लाहकार टीका बहादुर कार्कीले महोत्सव स्थल सधैँ रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने बत्ताउँदै आफू विभिन्न सङ्घ संस्थामा आबद्ध भएकाले अन्य सङ्घ संस्थाहरू सँग समेत सहकार्य र समन्वय गरेर अगाडि बढ्न आग्रह गर्दै पोखरालाई चिनाउने गरी काम गर्न जोड दिए ।
स्थानीय सरकारले चासो नदिएको सन्दर्भमा महानगरलाई अपनत्व गराउने गरी काम गर्नतर्फ सम्पूर्ण लाग्नुपर्नेमा उनको जोड रहेको थियो । शंकरनाथ पौडेलले लेखनाथ भन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताए । राज्यलाई झकझक्याउने महोत्सव पोखरा महोत्सव भएको बत्ताउँदै १४ औँ संस्करणको महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रम सँगै क्लबले अहिले सम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताए ।
राम बहादुर पौडेलले वातावरण मैत्रि ढङ्गले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए । महोत्सवको पुर्वसन्ध्यामा सरसफाइ कार्यक्रमको तय गरेर कार्यक्रमको अगुवाइ गर्ने उनले प्रतिबद्धता जनाए । माधव गौतमले पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेस गर्न सके पोखरा महोत्सवको अपनत्व वढ्ने बताए । बलराम ढुंगानले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएकाले सम्पुर्णले आआफनो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।
इन्दिरा पन्तले पोखरा पर्यटकीय राजधानी सँगै साहित्यको राजधानी भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड् नसके महोत्सवमा रौनकता थपिने बताइन । राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिए । सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताए । लिलाधर अधिकारीले पार्किङको समस्यालाई समाधान गर्न आवश्यक रहेको बताए ।
सुबेदार जस बहादुर गुरुङले महोत्सवको उद्घाटनमा आयोजना गरिने झाँकी र्यालिलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउँदै अमरसिंह स्कुलका संस्थापक मेजर वीरसिंह र जग्गादाता देवराज घिमिरेलाई समेत महोत्सवमा स्मरण गर्न आवश्यक रहेको बताए । माधव घिमिरेले महोत्सवलाई सकारात्मक र नकारात्मक रूपमा लिँदै स्कुलको मैदान संरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिए ।
राजेन्द्र बहादुर कार्कीले १४ ओं पोखरा महोत्सवमा समाज कल्याण परिषद्को तर्फबाट सहयोग गर्ने बताए । अनिल थापाले क्लबले गरेको कामलाई उजागर गर्न नसकेको बत्ताउँदै १४ ओं पोखरा महोत्सवमा उजागर गर्नतर्फ जोड दिए । गोविन्द घिमिरेले महोत्सव स्थलको विकल्प आवश्यक रहेको बताए ।
पवित्रा देवी गुरुङले युनाइटेड क्लबले अनुभव सँगालेर अगाडि बढेको युनाईटेड क्लब र पोखराबासी मिलेर अमरसिंह चौरको संरक्षण गर्न आवश्यक रहेको बताइन । १४ ओं पोखरा महोत्सवका मुल समारोह संयोजक लोक बहादुर थापाले महोत्सवलाई सभ्य रभब्य वनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहने बताए ।
संस्थापक अध्यक्ष हिमालय बख्रेललले महोत्सवका सल्लाहकारहरू ब्याक बोन भएकाले सल्लाहकारको सल्लाहलाई कार्यान्वयन गरेर लैजाने बताए । पोखरा महोत्सवकै कारण पोखरा खुल्ला चिडियाखानाको अभियन्ता युनाईटेड क्लवनै रहेको र अबको गन्तव्य आवासीय छात्रावास रहेको उनको भनाइ रहेको थियो ।
सरकारी विद्यालय बन्द भइरहेको सन्दर्भमा अर्चलेमा रहेको सामुदायिक विद्यालय सँग समन्वय गरेर छात्रावास सञ्चालन गर्ने र छात्रावास सँगै क्लबले उत्पादनलाई समेत जोडेर लैजाने गरी कृषि परियोजना समेत सञ्चालन गरेर लैजाने बख्रेलले बताए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिएभने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सल्लाहकारहरु रामजी प्रसाद बास्तोला, गुप्त बहादुर कार्की लगायतले आ आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
उत्पादक र उपभोक्ताको सङ्गम स्थल बन्यो लेखनाथ महोत्सव
पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु
पोखरा सडक महोत्सवको साङ्गीतिक उत्सव ः न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुन्जिने
लेखनाथ महोत्सवमा औद्योगिक बहस
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली