पोखरा । पुष्प सदन एकेडेमी कास्की, पोखरा–१२ फूलबारीको ३८ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिवार सम्पन्न भएको छ ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको बताए ।
‘अव विद्यार्थीहरुलाई कक्षा कोठामा मात्रै सीमित गरेर पढाएको शिक्षाले गुणस्तर वृद्धि गर्न सकिँदैन’ अध्यक्ष अधिकारीले भने, ‘शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि प्राक्टिल, नैतिक र व्यवहारिक ज्ञान दिने खालको शिक्षा आवश्यकता छ, त्यो यो विद्यालयमा रहेको छ।’

परिवार, समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्ने क्षमता विद्यार्थीमा भएकोले विद्यार्थीले आफ्नो पढाई लाई प्रविधि र आयआर्जनको क्षेत्रसँग जोड्नु पर्ने उनको भनाई थियो ।
नेसनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले निजी विद्यालयमा आएका विभिन्न चुनौतीका वावजुत पनि विद्यालय अझै व्यवस्थित बनाउँदै लगेकोमा खुसी व्यक्त गरे । ‘शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले ल्याएका योजनाहरू उत्कृष्ट छन्’ उपाध्यक्ष गुरुङले भने, ‘विद्यालयले ल्याएका योजनालाई विद्यार्थीलाई परिपालन गर्दै गएका उत्कृष्ट विद्यालय बन्ने छ ।’
कार्यक्रममा २०८२ सालको स्पोर्ट मिट, तिज नृत्य प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, २०८१ को शैक्षिक पुरस्कार एसइई २०८१ का विद्यार्थी पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य टिकाराम गुरुङ, सिमला आधारभूत विद्यालयका प्रधानाध्यापक देवेन्द्र राज परियार, पुष्प सदन एकेडेमी कास्कीकी सहायक प्रधानाध्यापक मञ्जु पहारी थापाले बोलेका थिए ।
पुष्प सदन एकेडेमी कास्कीका संस्थापक अध्यक्ष अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय कोअर्डिनेटर अर्जुन पौडेल र विद्यार्थी प्रज्ञा सापकोटाले स्वागत तथा शिक्षकद्धय शोभा पौडेल र प्रतीक्षा सेढाईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा तथा खेलकुद प्रतियोगिता सकियो
जिप्रका कास्कीको पैदल यात्री सुरक्षार्थ एसएलसी कार्यक्रम
बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो
एन प्याब्सन कास्कीको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव सुरु
एन प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको उपाधि कास्कीलाई, बुधवार देखि वाल प्रतिभा पहिचान कार्यक्रम