पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पैदल यात्रीलाई लक्षित गरी पैदल यात्री सुरक्षार्थ एसएलसी (स्टप, लुक, क्रस) कार्यक्रम सुरु गरेको छ ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको सहकार्यमा पैदल यात्रीले बाटो पार गर्दा कसरी सुरक्षित तरिकाले पार गर्ने विषयमा पोखराको बाग्लुङ बसपार्कमा कार्यक्रम आयोजन गरिएको थियो ।
विशेष गरी पोखराको जिरो किमी देखि हेमजा सम्मको बाटोमा पैदल यात्रीले बाटो क्रस गर्दा बढी दुर्घटना हुने गरेको कारण यस क्षेत्रलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार कास्कीमा हुने दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या मध्ये ४० प्रतिशत पैदल यात्रीको रहेको र त्यो मध्ये पनि जिरो देखि हेमजा सम्म ५० प्रतिशत पैदल यात्रीको मृत्यु भएकोले पनि यस क्षेत्रमा पैदल यात्री सुरक्षार्थ एसएलसी कार्यक्रम आयोजना गरिएको हो ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले समग्र दुर्घटनाका बारेमा बुझ्दा धरै जसो दुर्घटनाका कारण पैदल यात्रीको मृत्यु भएकोले तथ्याड्ढ पाइयो’ उनले भने ‘यो अभियानले पैदल यात्रीलाई सुरक्षित तरिकाले बाटो क्रस गर्न सिकाइयो भने क्षति न्यूनीकरण हुन्छ भन्ने मान्यताले यो अभियान चलाएका हौँ ।’ उनले यो अभियानलाई सबैको साथ सहयोग लिएर निरन्तरता दिने बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र बगर, विन्ध्यवासिनी मावि बर पाटन र सगरमाथा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
उनीहरूले बाटो क्रस गर्दा मोबाइल फोन प्रयोग नगरौँ, हतारमा सडक पार नगरौँ, फुटपाथ नभएको स्थानमा सडक दाहिने किनारबाट पैदल यात्रा गरौँ, बाल बच्चालाई सडकमा एक्लै नछाडौँ, सडक पार गर्दा दायाँ बायाँ टाढा सम्म सवारी साधन हेर्ने गरौँ लगायतका प्ले कार्ड बोकेर सडक पार गर्न सिकाएका थिए । यस अघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको सहकार्यमा हेमजाको मिलन चोकमा यस्तै खालको अभियान सञ्चालन गरेको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर तामाङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो
एन प्याब्सन कास्कीको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव सुरु
एन प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको उपाधि कास्कीलाई, बुधवार देखि वाल प्रतिभा पहिचान कार्यक्रम
एन प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा
गौरी शङ्कर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशव शरण