पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा सोमबार ५ खेल सम्पन्न भएको हो।
पहिलो खेल त्रिवेणी पब्लिक माविले हेम्जा बोर्डिङलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको हेम्जाले ९.५ मा अल आउट भएर ४२ रन जोड्दा जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतिमा ४३ रन बनाएको थियो ।
पहिलो क्वाटर फाइनल खेलमा नेसनल क्रियशन एकेडेमीले बागमारा एकेडेमिक गार्डेनलाई २१ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । टस जितेर ब्याटिङ गरेको नेसनलले १० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन बनाउँदा जवाफी ब्याटिङमा उत्रिएको बागमाराले ८.५ ओभरमा अल आउट भई ४६ रन बनाएको थियो ।
दोस्रो क्वाटर फाइनल खेलमा कास्की मोडर्नाइज्ड एकेडेमीले अञ्जुली आवासीय मा.वि. लाई ६ विकेटले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । टस जितेर फिल्डिङ रोजेको कास्कीले अञ्जुलीलाई ब्याटिङको निम्ता दिएको थियो । अञ्जुलीले १० ओभरमा ६ विकेटको क्षतिमा ४६ रन बनाउँदा कास्कीले ८.१ ओभरमा ४ विकेटको क्षतिमा ४७ रन बनाएको थियो।
तेस्रो क्वाटर फाइनल खेलमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि.ले युनिभर्स बोर्डिङ स्कुललाई २८ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर फिल्डिङ रोजेको युनिभर्सले ज्ञानज्योतिलाई ब्याटिङको निम्ता दिएको थियो । ज्ञानज्योतिले १० ओभरमा अल आउट हुँदै ६७ रन बनाउँदा जवाफी ब्याटिङमा युनिभर्सले १० ओभरमा अल आउट भएर ३९ रन बनाएको थियो ।
अन्तिम क्वाटर खेलमा त्रिवेणी पब्लिक माविले लाविन रेसिडेन्सियललाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले लाविनलाई ब्याटिङको निम्ता दिएको थियो । लाविनले १० ओभरमा ३ विकेटको क्षतिमा ४६ रन बनाउँदा त्रिबेणीले ७.२ ओभरमा २ विकेटको क्षतिमा ४७ रन बनाएको थियो ।
मङ्गलवार पहिलो सेमिफाइनल खेल बिहान ८ बजे कास्की मोडर्नाइज्ड एकेडेमी र ज्ञानज्योति विद्याकुञ्ज मा.वि. बिच बिहान ८ बजे र दोस्रो सेमिफाइनल खेल नेसनल क्रियशन एकेडेमी र त्रिवेणी पब्लिक मावि बिच बिहान ९ः५० मा हुने क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा जानकारी दिए । यस वर्ष एन प्याब्सन कास्कीले दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।
बाल प्रतिभा पहिचान मङ्सिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मङ्सिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मङ्सिर २४ गते हुनेछ ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।
अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गौरी शङ्कर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशव शरण
एन प्याब्सनको क्रिकेटमा लाविन, बागमारा, नेसनल, कास्की र ज्ञानज्योति विजयी
एन प्याब्सनको फुटसल उपाधि न्यु ग्यालेक्सीलाई, क्रिकेट जारी
गौरी शंकर बचत तथा ऋण सहकारीको २० औ वार्षिक साधारण सभा
एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता