पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
बाल प्रतिभा पहिचान मङ्सिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मङ्सिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मङ्सिर २४ गते हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एन प्याब्सनमा आबद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्त्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।
अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
त्यसै गरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सहभागिता जनाउने कोषाध्यक्ष राजु केसीले जानकारी दिए।
मङ्सिर २० गते देखि सुरु हुने क्रिकेट प्रतियोगिताको उद्घाटन खेल अल्फा एकेडेमी र सिद्धार्थ लवडेल बिच हुने भएको छ भने फुटसल तर्फ उद्घाटन खेल नेशनल क्रियशन र न्यू ग्यालेक्सी बिच हुने छ । दुवै खेल पोखरा रङ्गशालामा हुने छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडेल तथा सदस्यहरूमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरू हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् ।
त्यसै गरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरूमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरूमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरूमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।
विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरूमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरूका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरूमा हरि धमला र मित्र राई रहेका छन्।
त्यसै गरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरूमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरूमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रथम हेमजा साहित्य महोत्सव मङ्सिर १९ देखि
परिवार नियोजनको अभियान कन्या क्याम्पसमा
पाचौं खुल्ला पोथाना कप सेभन ए साइड फुटबल प्रतियोगिता मंसिरको १७ देखि
कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट
कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता