पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मूल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मङ्सिर १९ र २० गते हेमजाको ज्ञान सागर एकेडेमीमा हुने छ ।
विशुद्ध मौलिक साहित्य महोत्सवको रूपमा रहेको यो महोत्सवमा कास्की जिल्ला बाहिरबाट १ सय बढी साहित्यकार र एउटै मञ्चमा देखा पर्नेछन् । दुई दिने महोत्सवमा देशभरका चर्चित कवि, लेखक, कलाकार तथा स्रष्टाहरूको उपस्थिति रहनेछ।
‘मौलिक पहिचानको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो महोत्सवमा देशभरका प्रख्यात साहित्यकार एउटै मञ्च देख्न पाइनेछ’ संयोजक छन्दमणिले भने, ‘साहित्यका बारेमा जानकार लिन र साहित्यको स्वाद लिन यो महोत्सव नछुटाउनुहोला ।’
हेमजामा पहिलो पटक आयोजना गरिएको हेमजा साहित्य महोत्सवमा १९ गते साहित्यका कार्यक्रम र २० गते कविवर मुकुन्द शरण उपाध्याय रथारोहण एवं अभिनन्दन कार्यक्रम रहेको मूल आयोजक समितिका महासचिव शिव त्रिपाठीले जानकारी दिए ।
महोत्सवको १९ गते जिल्ला बाहिरबाट आएका साहित्यकारले आ–आफ्ना सिर्जना प्रस्तुत गर्ने छन् । जस अन्तर्गत कविता, गीत, गजल, मुक्तक लघुकथा वाचन रहने छ भने नाटक तथा रङ्गमञ्च, महाकाव्य लेखन, आख्यान लेखन सम्बन्धी परिसंवाद कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए ।
साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल बनाउन स्थानीय समुदाय, साहित्यिक संस्था, विद्यालय तथा स्वयंसेवी समूहहरूको सहयोग रहेको उनले जानकारी दिए ।
विशेष गरी साहित्य, संस्कृति चेतना र काव्यिक योगदानका आधारमा कविवर मुकुन्द शरण उपाध्यायलाई रथारोहणसहित अभिनन्दन गर्ने कार्यक्रम महोत्सवको मुख्य आकर्षण बनेको छ। रथारोहण कार्यक्रममा कविवर उपाध्यायको साहित्यिक यात्राका महत्त्वपूर्ण पक्षहरू प्रस्तुत गरिएको सांस्कृतिक झाँकीसहित विविध प्रस्तुतिहरू समेत रहने त्रिपाठीले जानकारी दिए ।
महोत्सवका क्रममा कविता वाचन, पुस्तक विमोचन, साहित्यिक परिसंवाद , सांस्कृतिक प्रस्तुति तथा स्थानीय कला–संस्कृतिको प्रदर्शनीसमेत हुनेछ। दुई दिन हेमजामा आयोजना हुने यो कार्यक्रम नेपालको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण साबित हुने विश्वास आयोजकले लिएको छ ।
Related News
सम्बन्धित समाचार
परिवार नियोजनको अभियान कन्या क्याम्पसमा
पाचौं खुल्ला पोथाना कप सेभन ए साइड फुटबल प्रतियोगिता मंसिरको १७ देखि
कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट
कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता
कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ सुरु