पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका–७ मा पाचौं खुल्ला पोथाना कप सेभन ए साइड फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । पोथाना टोल सुधार समितिको आयोजनामा प्रतियोगिता मंसिर १७ गते देखि २० गते सम्म १९९० मिटर उचाइमा रहेको पोथना सेतीग्रहा खेलकुद मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता लाई नगद ४० हजार साथमा साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रवि गुरुङले जानकारी दिए ।
सेमिफाइनल पुग्ने टिमले नगद रु ७ हजार ५ सय प्राप्त गर्नेछन् । अन्य विधागत तर्फ हाईस्कोरर, उत्कृष्ट खेलाडी र म्यानअफदी म्याचलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ। टिममा ७ खेलाडी सहित ३ अतिरिक्त खेलाडी हुनुपर्ने नियम रहेको टोल विकास समितिका सचिव अमृत गुरुङले बताए । खेलमा समावेश हुन मंसिरको १७ गते बिहान १० ः०० बजे सम्म टिम दर्ता गरी सक्नुपर्नेछ ।
खेलकुदको माध्यमबाट वडा न ७ संगै समग्र अन्नपूर्ण गाउँपालिको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले उद्घाटन गर्ने पोथना टोल विकास समितिका अध्यक्ष थम बहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट
कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता
कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ सुरु
एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा
नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा