पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कुलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ सुरु भएको छ ।
‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सव शनिवार (भोलि) सम्म चल्ने छ ।
कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको सङ्गम स्थलको रूपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको छ ।
विद्यार्थीका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ विद्यालयले पहिलो पटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा विद्यालयका विद्यार्थीले बनाएका विभिन्न किसिमका वस्तु तथा परिकारहरू अभिभावकले किन्ने छन् । जुन वस्तु तथा परिकार विक्री गरेपछि खर्च कटाएर बचेको रकम स्वयम् विद्यार्थीले नै पाउनेछन् ।

शुक्रवार भएको महोत्सवमा कक्षा नर्सरी देखि २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी पूर्व विद्यार्थी र अभिभावकको सहभागिता रहेको छ भने शनिवार कक्षा ३ देखि ७ सम्म र कक्षा ११, १२ सम्मका विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको सहभागिता रहने छ । महोत्सवमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको प्रस्तुति रहेको थियो ।
हरेक वर्ष गरिने अभिभावक दिवसले सबै विधा समेट्न नसक्ने भएर यस वर्ष दुई दिनको महोत्सव नै आयोजना गरिएको विद्यालयका संस्थापक प्रधानाध्यापक राम बहादुर मोचीले जानकारी दिए ।
‘कक्षा कोठाको सिकाइबाट मात्र अब्बल भएका विद्यार्थीहरू जीवनमा सफल नभएको धेरै उदाहरण छन्’ उनले भने, ‘कक्षा कोठा भन्दा बाहिरको सिकाइबाट जीवनलाई सफल र सबल बनाउन सक्ने भएकाले यो महोत्सव आयोजना गरेका हौँ ।’ विद्यार्थीका प्रतिभा पहिचान गर्नका लागि यो महोत्सव कोशेढुड्डा साबित हुने उनको विश्वास रहेको छ ।
‘यो महोत्सवमा विद्यालयका विद्यार्थीले विभिन्न वस्तु तथा परिकार बनाउँछन् जहाँ अभिभावक ग्राहक बनेर ती सामान किन्छन्’ उनले भने, ‘विद्यार्थीलाई पढाई सँगै वास्तविक सत्य र तथ्य बुझाउन पनि यो कार्यक्रम विद्यार्थीका लागि फलदायी हुनेछ ।’ नाम र दाम दुवै कमाउनका लागि विद्यार्थीहरूलाई महोत्सव सिकाई हुने उनले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महोत्सवले विद्यार्थीहरूका प्रतिभाको यथार्थ पहिचान गर्ने बताए । ‘ बच्चा जन्मिने बित्तिकै केही न केही प्रतिभा लिएर आएको हुन्छ, जसको पहिचान गर्न सक्नु पर्दछ’ उनले भने, ‘यो महोत्सवले तिनै प्रतिभाको पहिचान गरी जीवन बाच्न सिकाउने काम गरेको छ जुन पोखरा महानगरपालिकालाई पनि सिकाई बनेको छ ।
उनले महोत्सवले विद्यार्थीलाई प्लेट फर्म दिएको बताउँदै विद्यालयले सिकाएका सिप र सिकाई लाई अभिभावकले दैनिकीको रूपमा आफ्ना छोरा छोरीलाई प्रेरित गर्न सकेमा मात्र महोत्सवले सार्थकता पाउने बताए । यो महोत्सव रमाइलोको लागि नभई सिकाईको लागि हो भन्ने अभिभावले बुझ्नु पर्ने उनको भनाई थियो ।
एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीहरूको चौतर्फी विकास गर्ने काम यो महोत्सवले गरेको बताए । ‘एन प्याव्सनमा हुने वाल प्रतिभा पहिचान कार्यक्रमको पनि परिकल्पनाकार यसै विद्यालयका संस्थापका प्रधानाध्यापक अध्यक्ष राम बहादुर मोची सर हुनुहुन्थ्यो’ उनले भने,‘ एन प्याव्सनको कार्यक्रमको झल्को दिने गरी कार्यक्रम गर्नुभएको छ यो विद्यार्थीका लागि ठुलो अवसर हो ।’

हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले विद्यार्थीका विविध क्षमताको प्रतिभा प्रस्फुटन गर्न थलो महोत्सव वनेको बताए । रामेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता बोधराज बरालले निजी विद्यालयले गरेका यस्ता कार्यक्रम सामुदायिक विद्यालयलाई सिकाई हुने बताए । महोत्सवमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाको पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल उपाध्याय, शैक्षिक प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी जोसना गुरुङ, निशु गुरुङले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा
नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा
कास्की काँग्रेसद्धार पार्टीको विशेष महाधिवेशनको माग
सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा
परिवार नियोजन संघद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु