हेम्जा बोर्डिङमा तीज गीत प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ६, २०८२
e003f8b2-a33c-42de-888d-527361fc87fd

पोखरा । हेम्जा बोर्डिङ स्कुल हेमजामा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता आयोजना गरिएको छ ।

नजिकदै गरेको हरितालिका तीजको अवसर पारेर विद्यालयले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तीज गीत प्रतियोगिता आयोजन गरेको विद्यालयका संस्थापक प्रिन्सिपल केशव शरण पौडेलले जानकारी दिए । प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले सामाजिक कुरीति, दाइजो प्रथा, महिला हिंसालगायतका विषयमा रहेर आफ्ना प्रस्तुति राखेका थिए ।

प्रतियोगितामा सिनियर तर्फ ग्रिन हाउस प्रथम र यलो हाउस द्वितीय भएका छन् भने जुनियर तर्फ यलो हाउस प्रथम र रेड हाउस द्वितीय भएका छन् । त्यसै गरी नृत्यमा सिनयर तर्फ विर्सना विक र जुनियर तर्फ सुप्रिना क्षेत्री उत्कृष्ट भएको विद्यालयका संस्थापक निर्देशक माधव शरण पौडेलले जानकारी दिए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णायमा  विद्यालयका शिक्षिका बिनु कार्की, शोभा पौडेल र शिक्षा पौडेल रहेका थिए । विद्यालयका शिक्षिका शारदा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेसिक लेबल इन्चार्ज रश्मि भुजेलले स्वागत र शिक्षिका देवु पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Trending

ट्रेन्डिङ्ग