एन प्याव्सनको हाजिरी जवाफ प्रतियोगितामा अञ्जुली प्रथम

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १८, २०८२
502454041_2793627290838395_6028816173303669651_n

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा बगर टुँडिखेलमा अवस्थित अञ्जुली आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ ।

नेशनल प्याव्सन कास्कीले संस्थामा आबद्ध विद्यालयहरुवीच आयोजना गरेको १९ एन प्याव्सन हाजिरी जावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो ।

प्रतियोगितामा डायमन्ड मोडल स्कुल दोस्रो, श्री रत्न ज्योति मावि तृतीय, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौँ र वीरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौँ भए ।

विजय विद्यार्थीलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ३६ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक पितृराज अधिकारीले जानकारी दिए । प्रतियोगिताको सहजीकरण रञ्जित गुप्ता र डोलराज अर्यालले गरेका थिए । 

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विकास निर्देशनालयका महानिर्देशक दामोदर सुवेदीले एन प्याव्सनले गरेको हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । शिक्षण सिकाइका अलावा एन प्याव्सन कास्कीले विभिन्न खालका अतिरिक्त कार्यक्रमहरूको आयोजना गरी विद्यार्थीका अन्तर्निहित प्रतिभा उजागर गर्ने काम गरेको उनको भनाई थियो । एन प्याव्सन कास्कीले विद्यार्थीका प्रतिभालाई उजागर गर्ने शैक्षिक तथा खेलकुदका कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस अलावा आफ्ना विद्यालयका शिक्षकहरूलाई पनि तालिमहरू दिँदै आएको छ ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार