पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ ।
वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर सार्वजनिक सुनाइबाई कार्यक्रम गर्न लागिएको पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।
हेमजाको नहर चोक स्थित ग्रिनहाउस पार्टी प्यालेसमा दिनको १ बजे हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा हेमजाका सम्पूर्ण आम नागरिकलाई उपस्थित हुन आग्रह गरिएको छ ।
‘हामीले यस आर्थिक वर्ष भित्र गरेका सेवा प्रवाह र विकास निर्माणमा केन्द्रित रहेर तपाईँहरूसँग छलफलमा जुट्ने छौ’ अध्यक्ष तिम्सिनाले भने, ‘कार्यक्रममा उपस्थित भएर हामीले गरेका गतिविधिका बारेमा राम्रा पक्ष, सुधार गर्नु पक्षका विषयमा औँल्याएर समुन्नत वडा बनाउनमा सबै मिली हातेमालो गरौँ ।’
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सबैले गुनासहरु राख्नेछन् र त्यसको सम्बोधन प्रवक्ता तथा वडा अध्यक्ष तिम्सिनासँगै जनप्रतिनिधि, वडाका विषयगत प्रमुखहरूले गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
हेमजामा पाँचौ हिले महोत्सव
हेमजामा राज गोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा
पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा
माछापुच्छ्रे गाउँपालिकाको बजेट ६७ करोड ९९ लाख ५१ हजार ( वजेटको पूर्ण पाठ सहित )
आधुनिक वास रुम सहित कोइलीले ल्यायो पोखरा–काठमाडौँ दिवा बस सेवा