पोखरा । विगत ७ महिना देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको कोइली ट्राभल्सले आज देखि दिवा सेवा पनि सञ्चालनमा ल्याएको छ ।
रात्रि सेवामा यात्रुहरूले देखाएको अपार माया र सद्धभावलाई मध्यनजर गर्दै कोइली ट्राभल्सले आइतबार देखि हेमजा बाट काठमाडौँ भक्तपुर सम्मका लागि दिवा सेवामा दुई वटा नयाँ सुपर डिलक्स बस सेवा सञ्चालनमा ल्याएको हो । यससँगै राजमार्गमा यात्रा गर्ने यात्रुहरूले अझ आरामदायी र सुविधा सम्पन्न यात्राको अनुभव गर्न पाउने भएका छन्।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको व्यवस्थापन तथा यातायात व्यवसायी मेघराज त्रिपाठी र अशोक कुमार चौधरीको लगानीमा यो सेवा सञ्चालनमा ल्याइएको हो । उक्त दिवा सेवाको पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले शुभारम्भ गरे ।
सञ्चालित बस सेवा हेमजाबाट बिहान ६ बजे छुट्नेछ भने, मालेपाटन, जिरो किमी, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुँदै पृथ्वीचोकबाट काठमाडौँको गौशाला चावेल एर्पोट हुँदै भक्तपुर प्रस्थान गर्ने छ । भक्तपुरबाट बाट पोखराका लागि सोही रुट मार्फत बिहान ६ः३० बजे छुट्नेछ। दुई बसको करिब २ करोड ३० लाखको लगानीमा सञ्चालनमा ल्याइएको हो । उक्त बसको भाड दर १ हजार ६ सय रहेको छ ।
दिवा सेवामा चाइनामा निर्मित सेन्सर सिस्टम सहितको आधुनिक वास रुमको पनि व्यवस्था रहेको छ । उक्त बसमा सेवा गर्ने यात्रुले दिसा पिसाब बस भित्र गर्न पाउने सुविधा रहेको छ। यात्रुहरूको सुविधाका लागि २८ वटा फोल्डिङ सोफा सिट र ५ जना सुत्न मिल्ने बेडको व्यवस्था गरिएको छ ।
सिल्परमा एउटा सिङ्गल र दुई वटामा दुई दुई जना सुत्न मिल्ने व्यवस्था रहेको छ । अशक्त र ढाडको बिरामीका लागि सिल्पर सहितको व्यवस्था हुँदा बिरामी यात्रुहरूलाई यात्रा गर्न सहज हुने छ । यात्राको क्रममा यात्रुहरूलाई सहज यात्राका लागि एसी, वाई फाइ, हरेक सिटमा चार्ज गर्न मिल्ने, खाजा, कफी, कोक चिसो तातो पानीको समेत व्यवस्था रहेको सञ्चालक मेघराज त्रिपाठीले जानकारी दिए ।।
‘यात्रुहरूको मायाकै कारण रात्रि सेवाको भन्दा उच्च स्तरको सेवा दिने उद्देश्यका साथ दिवा सेवा सञ्चालनमा ल्याएका छौ’ सञ्चालक त्रिपाठीले भने, ‘यहाँको माया सद्धभावकै कारण हामीले थप सेवा सञ्चालन गरेका छौ, आगामि दिनमा पनि सेवालाई विस्तार गर्दै लैजाने छौ ।’
दिवा बस सेवाको शुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले समयको माग अनुसारको सेवा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै यो सेवालाई देशका हरेक सहर सम्म पु¥याउनका लागि आग्रह गरे । पृथ्वी राजमार्ग सञ्चालक समितिका अध्यक्ष योगेन्द्र बहादुर केसीले यात्रुहरूको मन जित्न सफल भएर नै दिवा सेवा सञ्चालनमा ल्याएको बताए।
Related News
सम्बन्धित समाचार
असार पन्ध्रमा हिलो खेल्न हेमजा बोलाउँदै देविस्थान सेवा समाज
गुणस्तरीय शिक्षाका लागि सामुहिक प्रयासको खाँचो
पोखरा–२५ हेमजाले शिक्षा केन्द्रित बजेट ल्याउँदै
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु