पोखरा । असारको सुरुवातसँगै यति वेला हेमजामा हिले महोत्सवको तयारीका लागि चहल पहल सुरु भएको छ ।
विगत चार वर्ष देखि निरन्तर हिले महोत्सव हुँदै आएको हेमजामा यसपालि पनि हिले महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि तयारीलाई तीव्रता दिइएको छ । हेमजा देविस्थान सेवा समाज हेमजाले आयोजना गर्दै आएको हिले महोत्सव सहभागी हुनका लागि सम्पूर्णलाई आग्रह गरिएको छ ।
‘हेमजा आफैमा कृषि गाउँको रूपले परिचित छ’ समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले भने,‘यही कृषि गाउँलाई जिवन्त राख्न र हाम्रा आफ्ना संस्कार संस्कृतिलाई जोगाइ राख्नका लागि हेमजामा हिले महोत्सव गर्दै आएका छौ सम्पूर्णलाई सहभागी भइदिन अनुरोध गर्दछौँ।’
असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सव २०८२ लाई भव्य र सव्य रूपमा सम्पन्न गर्नका लागि यति वेला देविस्थान सेवा समाजले कार्यलाई तीव्रता दिएको हो ।
‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव देविस्थान टोल, विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ ।
देविस्थान सेवा समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिका समेत गठन गरिएको छ ।
विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
महोत्सवको आकर्षणको रूपमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैँटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।
यसै सन्दर्भमा समाजले महोत्सव गर्ने स्थलमा सरसफाइ समेत गरेको छ । हेमजामा अवस्थित विभिन्न टोल विकास संस्था, आमा समूह, सङ्घ संस्था तथा स्थानीयहरूको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल, विष्णुपादुका मन्दिर परिसरमा सरसफाइ गरिएको समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
समाजका निवर्तमान अध्यक्ष गुरु हरिशरण पौडेलले महोत्सवले विन्दवासिनीकी बहिनीका रूपमा मानिँदै आएको विष्णुपादुका भगवतीको महिमा बढाउनको साथै हेमजाका कृषकहरूलाई कृषिमा प्रोत्साहन गर्न मद्दत मिल्ने उल्लेख गरे ।
प्रतियोगितामा खेलअनुसार प्रथम र द्वितीय स्थान हासिल गर्ने सहभागी व्यक्ति र समूहलाई पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितालाई सभ्य, व्यवस्थित र मर्यादित बनाउनका लागि केही खेलमा सहभागी शुल्क समेत राखेको खेल सञ्चालन उपसमिति संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गुणस्तरीय शिक्षाका लागि सामुहिक प्रयासको खाँचो
पोखरा–२५ हेमजाले शिक्षा केन्द्रित बजेट ल्याउँदै
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर