पोखरा । नेपाल परिवार नियोजन सङ्घ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ।
मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरबाट ८१ जनाले सेवा लिएका थिए । शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।
मादी गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबहरूसँग सहकार्य गर्दै सङ्घ अगाडि बढेको उल्लेख गरे ।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेम पङ्गेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै
कोटिहोममा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ
कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण
कोटिहोममा रहेका जलसहित कलश लैजाँदै भक्तजन