कोटिहोममा रहेका जलसहित कलश लैजाँदै भक्तजन

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०८२
2bb1a52c-70f0-49aa-9eac-9168824391cf

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्।

सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् । धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश बुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

गत महिना वैशाख १६ गते पोखरामा गङ्गाको जल सहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखिएको थियो । यज्ञमा विधिपूर्वक पूजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले जानकारी दिइन् । उनका अनुसार एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजाँदा २ हजार ५ सय रुपैयाँ लाग्ने छ । आज नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।

कोटिहोममा आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सभहागि भक्तजनलाई कोटिहोमको प्रसाद स्वरूप नरिवल र स्याउ वितरण गरेका थिए । उनका अनुसार कोटिहोममको समापनका दिन ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिएको छ ।

यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर भोलि देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।

कोटिहोममा माधव प्रसाद कँडेल, अन्जु कुमारी कँडेल पोखरा ३३ बाट २५ हजार ५ सय ५५, सूर्य प्रसाद पौडेल विष्णु कुमारी पौडेल पोखरा १७ बाट २५ हजार १ सय २५, शकुन्तला राजकुमार समीक्षा गिरी पोखरा ८ बाट १५ हजार १ सय ५ सङ्गीता थापा पोखरा १४ बाट ७ हजार ५ सय ५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
यसै गरी कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म ८ सय ८ जनाले रक्तदान गरेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिए । गत वैशाख २० गते बाट सुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उनले जानकारी दिए ।  

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग