एन प्याब्सनको अङ्ग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम

राष्ट्र न्यूज सम्वाददाता
जेठ २५, २०८२
1749291062-7ZDBu

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रवार अङ्ग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड पाँचौँ र  ओएसिस सेकेण्डरी स्कुल छैटौँ भएका छन् । विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

एन प्याव्सनको वार्षिक कार्य तालिका अनुसार विद्यार्थीका अन्तर निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा एन प्याव्सनमा आबद्ध कक्षा १ देखि ५ सम्मका ३३ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक हेमबहादुर रानाभाटले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा शशिधर बराल र टङ्कराज बराल रहेका छन् । 

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले एन प्याव्सनले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

‘एन प्याव्सन कास्कील गर्ने हरेक गतिविधिलाई नजिकबाट निहाल्ने अवसर पाएको छु’ आचार्यले भने, ‘विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा एन प्याव्सनले खेलेको भूमिका अतुलनीय रहेको छ ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार एन प्याव्सनमा आबद्ध कक्षा नर्सरी देखि कक्षा १२ सम्ममा अध्यापन गराउने शिक्षकहरूलाई तालिम दिने कार्यक्रम अन्तर्गत शनिवार आधारभूत तहको कक्षा १ देखि ५ सम्ममा विज्ञान र सामाजिक विषयमा अध्यापन गर्ने शिक्षकहरूलाई तालिम दिइएको थियो ।

एन प्याव्सन कास्कीले विविध कार्यक्रम सहित एक वर्ष खेलकुद र एक वर्ष शैक्षिक महोत्सव कार्यक्रम गर्दै आएकोमा यस वर्ष  भने मंसिर महिनामा वृहत् वाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ ।

वृहत् वाल प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सामूहिक लोक नृत्य प्रतियोगिता, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, आविष्कार, हस्तकला (पात चुया र पराल वा छ्र्वाली) प्रतियोगिता रहेको अध्यक्ष अधिकारीले जानकारी दिए । यस वर्ष क्रिकेट प्रतियोगितालाई पनि समावेश गरिएको छ ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै