पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन ।
महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ ।
कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा आएका भक्तजनले अहिले सम्म यति ठुलो उपस्थिति नदेखेको भन्दै अचम्मित भएका थिए ।
कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो। जसले गर्दा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
आज निर्जला एकादशी त्यस माथि आज नै २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । कोटिहोममा आउने प्राय भक्तजनका हातमा ज्योति भेटिन्थ्यो । यति ठुलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।
कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रूपमा महायज्ञमा हुने विभिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरूको प्रस्तुतिले पनि भक्तजनको आगमनलाई बढाएको छ ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी आज क्षेत्री समुदायको पोसाकमा कथा वाचन गरेकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै आज क्षेत्री समुदायको पोसाक गुन्यो चोलीमा आएर कथा वाचन गरेकी हुन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।
भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो ।
मानव सेवा फाउन्डेसनलाई जग्गा दान
पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।
उनीसँगै वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
उनका अनुसार फाउन्डेसनलाई अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।
कोटिहोममा को को ले गरे दान
पोखरा जारी कोटिहोममा शनिवार दान गर्ने भक्तजनको लर्को लागेको छ । मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको आश्रमका वाल वालिकाको अभिभाव र आजीवन सदस्य बन्ने भक्तजन सङ्ख्या बढी रहेको महायज्ञ प्रचार प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा सान्ता मान राई र सस्मिता राइ भोजपुरबाट नगरपालिका वडा नं. ११ आम्तेकबाट ५ लाख १ हजार, पूर्व मन्त्री हरि पाण्डे र तुलसा पाण्डे पोखराबाट २ लाख ५ हजार, रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल सपरिवार पोखरा–१७ बाट १ लाख १ हजार २ सय २५, वीरबहादुर गुरुङ पोखरा–१७ बाट १ लाख १ हजार १ सय ११ सहयोग गरी फाउन्डेसनद्धार सञ्चालित आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभावक वनेका छन् ।
त्यसै गरी हरिमाया बराल कास्की पोखराबाट १ लाख ५३ हजार १ सय, भोलानाथ रेग्मी सपरिवार स्याङ्जा पुतली बजार–५ बाट ६० हजार (चौरासी पूजा), खुम बहादुर पौडेल स्याङ्जा वालिड्डबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकाल पोखरा विरौटाबाट ५१ हजार १ सय ११, राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय उपाध्यक्ष ई.हेमजंग गुरुङ ५१ हजार सहयोग प्रदान गरी आजीवन सदस्य वनेका छन् ।
त्यस्तै राधाकृष्ण घिमिरे लम्जुङबाट २५ हजार, क्या. किर्तिनिधि पाण्डे तनहुँ–४ २५ हजार १ सय ११, ददि कुमारी भुजेल स्याङ्जाबाट २५ हजार १ सय, इन्द्र प्रसाद ढुंगाना, कौशिला ढुंगाना पोखरा–१७ बाट २५ हजार, तुलसी क्षेत्री सपरिवार पोखरा–१४ बाट ३० हजार ५ सय, लिलावति पौडेल सपरिवार स्याङ्जा पुतली बजार २५ हजार ५ सय ८५, चोपकला खनाल वुटवल–१३ बाट १० हजार ५ सय ५५, राधाकृष्ण घिमिरे लमजुङ्–७ बाट २५ हजार, भुवनराज बराल, शोभा बराल पोखरा–५ बाट २५ हजार ५ सय ५५, विनोद गुरुङ पोखरा–६ बाट २५ हजार ५ सय ५५, पार्वती गौतम कास्कीबाट २५ हजार ५ सय ५, लिटल गार्डेन स्कुल पोखरा–२७ बाट २५ हजार, श्रीधारा म्याग्दी पोखरा समाज सपरिवार कास्कीबाट २८ हजार २ सय ३२ सहयोग प्रदान गरेका छन् । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह हेमजा प्रथम
प्रदेश प्रमुख भट्टद्वारा बकर इदको शुभकामना
पर्वतीय सङ्ग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक
राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै